काठमाडौं– हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।


ADVERTISEMENT


हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।


ADVERTISEMENT

# # #


जितका लागि ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित  ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि  सन्दीप जोराले अर्धशतक बनाए । उनले  १४ बलमा ८ छक्का र १ चौकाको सहयोगमा ५३ रन जोडे ।

त्यस्तै राशिद खान र मोहम्मद आदिल आलमले समान ११/११ रन जोडे । अर्को ओपनर लोकेश बमले १० रन बनाए । रुपेश श्रेष्ठ १ रनमा अविजित  रहे ।

यता अफगानिस्तानका लागि फरमुल्ला र इजाज अहमद अहमदजाइले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो  ।

उसका लागि करिम जनितले सर्वाधिक ३५ रन बनाएका थिए  । त्यस्तै फरमनुल्लाह सफी ३० रनमा अविजित रहदा गुल्बादिन नाइबले २२ रन बनाए ।

नेपालका लागि रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । भोलि नेपालले समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ ।  रासस