काठमाडौं–काठमाडौंको बसुन्धरामा दुर्घटनामा परेको जीप चेक गर्दा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । बा ३ च १६९४ नम्बरको जीप चेक गर्ने क्रममा गाडीको अगाडिको सिट मुनी मेड इन अमेरिकन अटो पेस्तोल, म्यागजिन र ३ राउण्ड बरामद भएको हो ।


ADVERTISEMENT


राती सवा ११ बजे सो कारले बा ४० प ५६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक स्याङजा पुतलिबजार ३ घर भइ काठमाडौं २६ बस्ने सन्तोष नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएपछि प्रहरीले जीप चालक सुमन थापालाई नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

# # #


गाडी पनि नियन्त्रणमा लिने क्रममा चेक गर्दा पेस्तोल भेटिएको डिएसपी मोहन थापाले जानकारी दिए । जीपको ठक्करबाट मोटरसाइकलमा रहेका अर्जुन बोहरा घाइते भएका छन् ।