म्याग्दी–मालिका गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगलागीबाट घर जलेर ध्वस्त भएपछि बिचल्लीमा परेका चन्द्रबहादुर दमाईंलाई बिमको हिराजीत स्मृति युवा क्लबका पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT


वडाध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयवासी, प्रवासीबाट सहयोग तथा श्रमदान जुटाएर विपन्न समुदायका दमाईंका परिवारलाई बरण्डा सहितको एक वटा कोठा भएको घर उपलब्ध गराइएको हो ।


ADVERTISEMENT

# # #


घर निर्माणका लागि रु एक लाख ५३ हजार ३९७ संकलन भएकामा एक लाख १३ हजार ६७५ खर्च भई बचत भएको ३९ लाख ७२२ क्लबको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ ।