सिरहा–सिरहाका दुई छुट्टा–छुट्टै स्थानमा एक युवक र एक बालकको शव फेला परेको छ । कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि मानन्धरले बताए ।


ADVERTISEMENT


घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा शुक्रवार राती उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यादवको घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले हत्यामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ । यता, माओवादी केन्द्रले यादव आफ्ना सक्रिय कार्यकता रहेको जनाउँदै हत्यामा संलग्नको चाडो खोजी गरी कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।

त्यसैगरी, सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया गाउँ नजिकैको पोखरीमा शनिबार बिहान सालनालसहितको नवजात शिशुको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेश सुवेदीका अनुसार पोखरीमा सालनालसहित भेटिएको खवर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक सुवेदीले घटनास्थल प्रकृति मुचुल्का उठाएर मृत नवजात शिशुको शव पोष्टमार्टमका लागि लहान पठाइएको जनाएको छ ।