काठमाडौँ – लुम्बिनी विकास बैंक लिमिटेडले कर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । बैँकको स्थापनाकालदेखि नै “निरन्तर सहयात्रा” गर्दै आएका शेर्पालाई बैँकले आइतबार काठमाडौँमा एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
कार्यक्रममा र्बैँकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पाको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरे । शेर्पा गत जेठ १३ गते ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित शिखरमा पुग्न सफल भएका थिए ।
किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा विगत दुई दशकदेखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१औं पटक आरोहण गरेको जानकारी दिए । उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि.सहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।


























































