काठमाडौं–हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई शुक्रबार पक्राउ गरेको स्रोतलाई जानकारी प्राप्त भएको छ ।


ADVERTISEMENT


शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रारम्भिक अनुसन्धानका क्रममा मुख्य कारोबारी रमेश सिबाकोटी रहेको र ३३ लाख लाख रुपैयाँसम्म कारोबार भएको खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएका उप्रेतीमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।