काठमाडौँ– अनेरास्ववियु सीटीइभीटी राष्ट्रिय कमिटीले सीटीइभीटीबाट सम्बन्धन प्राप्त काठमाडौँ स्थित मनमोहन मेमोरियल कलेजको प्रशासनमा तालाबन्दी गरेको छ । आज एक विज्ञप्ती जारी गदै कमिटीले तालाबन्दी गरेको हो ।


ADVERTISEMENT


क्याम्पसमा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि कलेज प्रशासनसंग कुरा गर्नका लागि कलेमा प्रवेश गर्दा प्रशासनले संगठनका राष्ट्रिय सचिवसहितको टोलीलाई दुव्र्यवहार गरेका भन्दै संगठनले तालाबन्दी गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै सहकारीमार्फत संस्था सञ्चालन गर्दा निजी शैक्षिक संस्थाले लिन पाउने शुल्कको ३० प्रतिशत कम शुल्क लिनपर्ने नियमलाई लत्याएर विद्यार्थीबाट विभिन्न शीर्षकमा मनलाग्दी शुल्क लिएको प्रति पनि संगठनले गम्भीर ध्यानाकर्षण गएको जनाएको छ ।

तालाबन्दीले विद्यार्थीको पठनपाठनमा कुनै प्रभाव नपर्ने संगठनले बताएको छ ।