काठमाडौँ – राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबारदेखि लागू हुनेगरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गरेका छन् । राष्ट्रियसभाको सचिवमा नियुक्ति भएसंगै कँडेलले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई सपथ खुवाएका हुन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई राष्ट्रियसभाको सचिवमा नियुक्त गरेका थिए ।



























































