काठमाडौँ – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० प्रतियोगिताको तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई रनको ऐतिहासिक चुनौती दिएको छ ।


ADVERTISEMENT


सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२० रन बनाएको हो । यो एनपीएल इतिहासकै उच्च स्कोर हो । यसअघि पहिलो संस्करणमा लुम्बिनी लायन्सले लिग चरणमा विराटनगर विरुद्ध नै १९१ रन बनाएको थियो । तर, विराटनगरले १ बल बाँकी छँदै जित हात पारेको थियो ।


ADVERTISEMENT

# # #


आज एनपीएल इतिहासकै प्रतियोगिताकै उच्च स्कोर खडा गर्ने क्रममा विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ४८ बलमा १ चौका र ७ छक्का प्रहार गरे । यस्तै मार्टिन गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्का ठोक्दै ६५ रन जोडे ।

गप्टिलले दोस्रो विकेटका लागि लोकेशसँग मिलेर १३२ रनको साझेदारी गरेपछि विराटनगरले उच्च स्कोर बनाएको हो । यस्तै शुभम रनजानेले १६ बलमा ३८ तथा बासिर अहमदले १३ बलमा २३ रन जोडे भने जर्ज मुन्से १० रनमा आउट भए । नारायण जोशी ११ रनमा नटआउट रहे ।

बलिङतर्फ पोखराका म्याट टेलरले २ विकेट लिए भने सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेलका नाममा १–१ विकेट रह्यो ।