काठमाडौँ – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ ।


ADVERTISEMENT


कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै तत्काल पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


विशेष महाधिवेशन माग गर्ने करिव ५५ प्रतिशत हस्ताक्षरकर्ताको प्राथमिकता निर्वाचन अगाडी पार्टीको महाधिवेशन हुनुपर्छ भन्नेमा अडान कायमै रहेको उनीहरुले जनाएका छन् । पार्टीको विधान बमोजिमको मागलाई प्रारम्भदेखि नै स्वीकार गर्न नचाहने, उपेक्षा गर्ने र औपचारिक एजेन्डा नबनाइएको प्रति गम्भिर आपत्ति रहेको कांग्रेस नेता गुरुराज घिमिरेले बताए ।

मंसिरभित्र १५ औं नियमित महाधिवेशन समेत टार्नका लागि अनावश्यक रुपमा बैठक लम्वाइएको उनले आरोप लगाए । उनले फागुन २१ का लागि घोषित निर्वाचन अगाडि नैं नयाँ नेतृत्व चयन गर्दै नयाँ नीति र नेतृत्वसहित थप उर्जा लिएर निर्वाचनमा होमिनुपर्ने धारणा राखे ।

उनले पार्टीबाट विदा हुन खोजेका सभापति शेर बहादुर देउवालाई जवरजस्ती राजनीतिमा तान्ने प्रयत्न भइरहेको जिकिर गरे ।

घिमिरेले अहिले पार्टीका केही नेताहरु महाधिवेशनलाई डेड बर्ष पर ढकेल्न खाजेको आरोप समेत लगाए । महाधिवेशनका बिषयमा हुने कुनै पनि प्रकारका जालझेलप्रति सचेत रहन आग्रह गर्दै विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार भएको स्पष्ट पारेको छ ।

विधानले तोकेको अवधिभित्रै अर्थात् अबको ५५ दिनभत्रै महाधिवेशनको सुनिश्चित नभएसम्म माग फिर्ता नहुने उनीहरुले जनाएका छन् ।