काठमाडौं–दाङमा एक जना किशोरीले बिहे भएको महिना दिन नपुग्दै आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुँइया निवासी २० वर्षीय खुमानन्द वलीकी पत्नि १८ वर्षीया सदिक्षा वलीले बुधबार घरभित्रै पासो लगाएर आत्महत्या गरेकी हुन् ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार उनीहरूको विवाह वैशाख महिनामै भएको थियो । ‘विवाह भएको १५ दिनभित्रै सदिक्षाले आत्महत्या गरेको खुल्न आएको छ,’ डिएसपी सापकोटाले भने ।


ADVERTISEMENT

# # #


केही समय अगाडि मात्रै सामाजिक सञ्जाल र फोन सम्पर्क मार्फत् चिनजान भएपछि उनीहरूले भागी विवाह गरेका थिए । सल्यान जिल्लाको शारदा नगरपालिका माइती घर भएकी सदिक्षाको मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ ।

डिएसपी सापकोटाले सदिक्षा घरभित्रै ढोका थुनेर झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जानकारी दिए ।