काठमाडौं– कृषि विकास बैंक लिमिटेडले मंसिर २९ गते सोमबार भक्तपुरमा उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ।


ADVERTISEMENT


बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको जानाएको छ ।


ADVERTISEMENT

# # #


सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, भारले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई तोकिएबमोजिम कर प्रयोजनार्थसहित चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ।