काठमाडौं– नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि र्‍याली निकालेको छ । फोर्स घोषणाअघि र्‍यालीका लागि नयाँ बानेश्वरमा जम्मा भएर एमाले निकट युवाहरू माइतीघरस्थित कार्की बैंकेटतर्फ आएका छन् ।


ADVERTISEMENT


एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताए । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको ¥यालीमा सहभागी बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अव मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


समाजमा बढेको असुरक्षा, अशान्ती र भदौ २३ २४ को घटनापछि आम मानिसहरुको खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रीत गर्ने उनले बतए ।

त्यस्तै बस्नेतले असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उदेश्यका साथ भोलेन्टियर फोर्स अघि बढ्ने जानकारी दिए ।

माइतीघर मण्डलामा युवाहरु भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा पुगेर सभामा परिणत भएको थियो । नेसनल भोलेन्टियर फोर्समा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डरको व्यवस्था गरिएको एमालेले जनाएको छ ।