काठमाडौँ – एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित ‘आईडिया टु आईपीओे’लाई विस्तार गर्दै ‘वान स्टप आईपीओे फ्यासिलिटेसन सर्भिसेज’ सेवा सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले भविष्यमा सर्वसाधारणमा साधारण शेयर (आईपीओे) जारी गर्ने गरी स्थापना हुन लागेका तथा हाल संचालनमा रहेका कम्पनीहरुलाई लक्षित गरी क्यापिटलको ‘आईडिया टु आईपीओे’ सेवालाई थप परिमार्जित गर्दै उक्त सेवा ल्याएको हो ।
जस अन्तर्गत विभिन्न सेवाहरु न्यून सेवा शुल्कमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । तयारी मूल्याङ्कन परीक्षण (आरएटीई) अन्तर्गत कम्पनीको पूँजी संरचना, प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था, वित्तीय स्थिति, लगानीकर्ताहरुको मनोविज्ञान, कानूनी व्यवस्था र सम्बन्धित नियामक निकायहरुले सर्वसाधारणमा शेयर जारी गर्नु भन्दा पहिला पुरा गर्नुपर्ने सर्तहरुको पालना गर्नुपर्ने हुन्छ ।
यस्ता सर्तहरु कम्पनी/व्यवसायको प्रकृति तथा सम्बन्धित नियमनकारी निकायले तोकेको व्यवस्था/निर्देशन अनुसार छुट्टाछुट्टै मापदण्ड पूरा गर्नुपर्ने देखिन्छ । क्यापिटलले ल्याएको यस सेवा अन्तर्गत आईपीओे निष्काशन गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण व्यवस्थाहरु तथा आईपीओे जारी गर्ने योग्य कम्पनी हुनको लागि आवश्यक पर्ने सम्पूर्ण चेक लिष्ट अनुसार सम्बन्धित कम्पनीको ग्याप एनालाइसिस प्रतिवेदन तयार पारिने छ ।
क्यापिटलका अनुसार विशेषता आईपीओ-तयारी मूल्याङ्कन परीक्षण (आरएटीई) अन्तर्गत सम्बन्धित कम्पनीको रणनीति, इक्वीटी, कर्पोरेट गभर्नेन्स, वित्तीय अवस्था, व्यवस्थापन, नियमनकारी निकायले तोके बमोजिमको मापदण्ड पुरा भए नभएको ग्याप पत्ता लगाई उक्त ग्याप/कमी, कमजोरीहरु सुधार गर्न आवश्यक परामर्श उपलब्ध गराइनेछ ।
सर्वसधारणमा शेयर जारी गर्दा कम्पनीको वित्तीय अवस्थाको राम्रोसँग अध्ययन गरी धितोपत्र बोर्डले निर्धारण गरेको तथा प्रचलित अन्तराष्ट्रिय मूल्यांकन मोडल को प्रयोग गरी सर्वसाधारणमा जारी गरिने शेयरको मूल्य निर्धारण गरिने छ । उक्त अध्ययन अनुसार सम्बन्धित कम्पनीले उचित मुल्यमा आईपीओ जारी गर्दा ‘पर भ्याल्यू’ मात्र नभई कम्पनीको वित्तीय तथा अन्य समग्र अवस्थाको मुल्याङ्ककन गरी प्रिमियम वा बुक बिल्डिङ, विधि मध्ये उपयुक्त विधिमा शेयर निष्काशन गर्न समेत सुझाव दिईने क्यापिटलको भनाई छ ।
आईपीओ तयारी मूल्याङ्कन परीक्षण (आरएटीई) गर्दा कम्पनीको आईपीओ जारी गर्न योग्य देखिएको अवस्थामा तुरुन्त आईपीओ शेयर जारी गर्न आवश्यक प्रकृया अगाडी बढाइनेछ भने कुनै कम्पनीको तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण प्रकृयाको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउनको लागि आवश्यक कार्यतालिका निधारण गरी कार्य अगाढि बढाइने क्यापिटलले जनाएको छ ।
अन्तगर्त अतिरिक्त सेवाहरु
– प्रचलित नियम अनुसार नयाँ प्रा.लि. कम्पनी तथा लिमिटेड कम्पनी संचालन गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालय र अन्य सम्बन्धित निकायमा दर्ता गर्दा आवश्यक पर्ने विवरण तथा कागजात तयार गर्न सहयोग गर्ने ।
– कुनै पनि कम्पनीको साधारण शेयर निष्काशन गर्नको लागि सम्बन्धित कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा अद्यावधिक गर्नुपर्ने व्यवस्थाहरु नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा सम्बन्धित नियमनकारी निकायले तोकेको मापदण्ड तथा व्यवस्थाहरु पालना हुने गरी संशोधन गर्न सहयोग गर्ने ।
– कम्पनीको पूँजी पुनर्संरचना गर्न सहयोग गर्ने । कम्पनीको पूँजी पुनर्संरचना गर्दा स्वःपूँजी वा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरणहरु मध्ये कम्पनीको लागि जुन उपयुक्त हुन्छ सोही अनुसारको पूँजी संरचना तयार पार्न आवश्यक सहयोग गर्ने ।
– कम्पनीको सर्वसाधारणमा शेयर निष्काशन गर्दा उक्त समयमा कायम कम्पनीको वित्तीय अवस्था र प्रचलित कानूनमा भएको व्यवस्था अनुसार सर्वसाधारणमा जारी गर्दा अंकित मूल्य, प्रिमियम मूल्य वा बुक बिल्डिङ्ग बिधि मध्ये जुन उपयुक्त हुन्छ सोही अनुसार उचित समयमा साधारण शेयर निष्काशन गर्नको लागि परामर्श उपलब्ध गराउने ।
साथै आईपीओ निष्काशनको लागि कम्पनी तयार गर्ने क्रममा कुनै पनि कम्पनी प्राइभेट वा पब्लिक कम्पनीमा रहदाको अवस्थामा निम्न सेवाहरु समेत प्रदान गरिनेछ ।
– प्रचलित कानुन तथा सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको प्रतिवेदन तयार गरिदिने तथा तोकेको समय सीमा भित्र सम्बन्धित निकायहरुमा पेश गर्नुपर्ने विवरण तथा कागजात तयार गर्न आवश्यक सहयोग गर्ने ।
– कम्पनीको शेयर कारोवार गर्नको लागि ओटीसी मार्केट्स मा सूचिकरण गरिदिने ।
– ओटीसी मार्केट्स वा अन्य आपसी समझदारी मार्फत कारोबार भई आएका कारोवारहरुको दाखिला÷खारेज वा नामसारीको लागि आवश्यक प्रकृया पूरा गरी÷गराई शेयरधनीहरुको लगत अद्यावधिक बनाई राख्ने ।
– कम्पनीको वार्षिक साधारणसभा तथा आवश्यकता अनुसार विशेष साधारणसभा गर्न आवश्यक सहयोग गर्ने ।
– साधारणसभाबाट पारित लाभांश वितरण गरिदिने ।
– आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्न परामर्श दिने ।
– कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत प्रमाणिकरण, संचालक लगत र कम्पनी अद्यावधिक पत्र लिने लगायतका सम्पूर्ण सेवा उपलब्ध गराउने ।
क्यापिटलको “वान स्टप आईपीओे फ्यासिलिटेसन सर्भिसेज’” मा भविष्यमा साधारण शेयर आईपीओ जारी गर्ने गरी स्थापना हुन लागेका कम्पनी तथा आईपीओ निष्काशन गर्न चाहने सम्पूर्ण कम्पनीहरु आवद्ध हुन सक्नेछन् ।
उक्त सेवा लिन तथा थप जानकारीको लागि क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत श्री दामोदर रायमाझीज्यूलाई मोवाईल नं.९८५११८४९७९ वा इमेल ठेगाना मा सोझै सम्र्पक गर्न सकिने क्यापिटलले जनाएको छ ।


























































