काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को १२ औँ खेलमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच हुँदैछ। यी दुई टोलीबीच त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ४ बजे खेल सुरु हुनेछ।


ADVERTISEMENT


हालसम्म खेलेका तीनवटै खेलमा जित हासिल गरेको विराटनगर ६ अंकसहित अंकतालिको दोस्रो स्थानमा छ भने १ खेलमा जित र १ मा हार व्यहोरेको चितवन २ अंकसहित चौथो स्थानमा छ।


ADVERTISEMENT

# # #


सन्दिप लामिछाने कप्तान रहेको विराटनगर किंग्सले हालसम्म पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्टसलाई पराजित गरी ६ अंक बटुलेको हो।

त्यस्तै, कुशल मल्ल कप्तान रहेको चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेपनि दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो।