काठमाडौं– कारोबार हुने साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार थप बढेर तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको हो ।


ADVERTISEMENT

# # #


त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २ सय २० रुपैयाँ कायम भएको हो ।