काठमाडौँ–  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रा समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३० मिनेट बन्द हुने भएको छ। विमाानस्थल कार्यालयले मोदीको जनकपुर–काठमाडौं उडानको अवधिमा सम्पूर्ण उडान तथा अवतरण बन्द हुने जनाएको छ।


ADVERTISEMENT


दिउसो १२ः ४५ देखि १ः१५ सम्म विमानस्थल बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।


ADVERTISEMENT

# # #


विमानस्थल कार्यालयले सबै एयरलाइन्सहरुको लागि नोटिस टु एयरमेन(नोटाम) जारी गरिसकेको ठाकुरले बताए।

मोदी जनकपुरबाट एयर इन्डियाको एटिआर ७२–६०० जहाजबाट काठमाडौं आउने छन्।