काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर्स–१ मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विरानगरले टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो । सुदूरपश्चिमका लागि मध्यम स्कोर बनाउने क्रममा ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । त्यसक्रममा उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै आरिफ शेखले १३ बलमा २ चौका र १ छक्कासहित २० रन बनाउँदा सेल्डन ज्याक्सनले २०, हरमित सिंहले १४, इशान पाण्डेले १३ तथा मुख्तर अहमदले १० रन जोडे । बलिङतर्फ विराटनगरका प्रतिश जिशी र मर्चेन्ट डी लांगेले समान २–२ विकेट लिए । यस्तै , सूर्य तामाङ र श्याम हिजलेटले समान १–१ विकेट लिए ।

विराटनगरले जवाफी ब्याटिङ गर्दैछ ।

८ टोलीले प्रतिस्पर्धा गरेको एनपीएलमा सुदूरपश्चिम अंक तालिकाको पहिलो र विराटननगर दोस्रो स्थानमा रहँदै क्वालिफायर्समा पुगेका थिए । यस्तै काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो र चौथो हुँदै इलिमिनेटरमा पुगेका थिए ।

आज जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । त्यसका लागि उसले इलिमिनेटरको विजेता टोलीसँग खेल्नुपर्ने छ ।

दुवै टोलीले आज जित निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको छ । यसअद्धि लिथग चरणमा ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिमलाई हराएको विराटनगर उच्च मनोबलमा साथ मैदान उत्रिँदैछ । यता सुदूरपश्चिम लिग चरणको हारको बदला लिँदै लगातार दोस्रो पटक फाइनल पुग्ने दाउमा रहेको छ ।

प्रतियोगिताको फाइनल आगामी शनिबार हुनेछ ।