काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनपछि बसेको सरकारले यथास्थितिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभइ थप संकटमा ढकेल्ने बताए । उनले वर्तमान सरकारले जेनजीको भावना अनुसार आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । लिङ्देनले जनताको बीचमा चरम अलोकप्रिय सावित भएका कारण केहि दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा राखे ।


ADVERTISEMENT

# # #


अहिलेको अवस्थामा जनताले विश्वास गरेको पार्टी राप्रपा मात्रै रहेकाले राप्रपाको काम चूनाव जित्नेमात्रै नभइ देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने जिम्मेवारी पार्टीको काँधमा आएको उल्लेख गरे ।

आफुले पार्टीको हितविपरित कुनै पनि काम नगरेको भन्दै उनले पार्टीभित्र विवाद देखिएजस्तो सन्देश बाहिर जान दिन नहुने बताए । उनले पार्टीभित्रका असहमतिलाई महाधिवेशनमार्फत समाधान गर्न सकिने बताए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा सहितको राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक र लेखापरीक्षण प्रतिवेदन पेश गरेका छन् । बैठक बिहीबार सम्पन्न हुने राप्रपाले जनाएको छ ।