काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ नारा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको विवेकशील साझा पार्टीको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको कार्यक्रम सकेर काठमाडौं आउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको छ ।


ADVERTISEMENT


ललितपुर प्रहरीले आज विवेकशील साझा पार्टीको कार्यालयमा गएर नेपालको राष्ट्रिय झन्डा हटाउन लगाएको छ भने ‘मोदीजी, स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ ।’ लेखिएको ब्यानर हटाइदिएको छ।


ADVERTISEMENT

# # #


विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेका बेला शुक्रवार अपरान्ह प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपको विरोध गर्न सो पार्टीका नेताहरु अहिले ललितपुर प्रहरी कार्यालयमा गएका छन् । विवेकशील साझाका नेता रमेश पौडेलका अनुसार डिएसपीको नेतृत्वको प्रहरी टोलीले पार्टी कार्यालयमा हस्तक्षेप गरेको हो ।पौडेलले नागरिकन्यूजसँग भने, ‘ओली सरकार असहिष्णु भएको देखियो। शान्तिपूर्ण विरोध गर्न पनि दिएन।’