काठमाडौँ – भारतले परम्परागत चिकित्सा सम्बन्धी विश्वव्यापी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । ही १७ देखि १९ डिसेम्बर २०२५ सम्म भारतले नयाँ दिल्लीमा उक्त सम्मेलन आयोजना गर्ने भएको हो ।
शिखर सम्मेलन ‘सन्तुलन पुनर्स्थापना: स्वास्थ्य र कल्याणको विज्ञान र अभ्यास’ भन्ने नाराका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।
विश्वव्यापी परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ द्वारा निर्देशित शिखर सम्मेलन परम्परागत चिकित्सा प्रणालीहरूले कसरी जन–केन्द्रित स्वास्थ्य सेवा र पृथ्वी कल्याणमा अर्थपूर्ण योगदान पुर्याउन सक्छ भन्ने कुरामा केन्द्रित हुने बताइएको छ ।
तीन दिनसम्म चल्ने यस शिखर सम्मेलनले सार्वजनिक स्वास्थ्य ढाँचा भित्र परम्परागत औषधिको नियमन र एकीकरण, आदिवासी जनजातिहरूसँग सम्मानजनक ज्ञानको आदानप्रदान, जैविक विविधताको संरक्षण र औषधीय स्रोतहरूको दिगो प्रयोग, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, र अनुसन्धान, शिक्षा र अभ्यासमा अग्रणी प्रविधिहरूको जिम्मेवार प्रयोग सहित विस्तृत दूरदर्शी मुद्दाहरूलाई सम्बोधन गर्ने बताइएको छ ।
भारत र नेपालले ज्ञान, विशेषज्ञता र क्षमता निर्माणको आदानप्रदान मार्फत आयुर्वेदमा सहयोग प्रवर्द्धन गर्न विभिन्न पहलहरू गर्दै आएका छन् ।



























































