काठमाडौं – सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा ७०० सय र त्यतिनै परिमाणको चाँदी १७० ले बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ५५ निर्धारण भएको छ ।


ADVERTISEMENT

# # #


मङ्गलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ८८५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।