काठमाडौँ – पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय बनस्थलीमा रास्वपाका नेताहरुले पत्रकार खत्रीलाई पार्टीको व्याच प्रदान गरेर पार्टी प्रवेश गराएका हुन् ।


ADVERTISEMENT

# # #


रास्वपा प्रवेश गरेपनि खत्रीले पार्टीले दिने जुनसुकै भूमिका निर्वाह गर्न आफु तयार भएको बताए । उनले आगामी निर्वाचनका उठ्ने विषयमा पार्टीको निर्णय स्वीकार गर्ने उल्लेख गरे । त्यस्तै खत्रीले राम्रा सोच भएका राजनीतिक दलहरु एकै ठाँउमा आउनुपर्ने बताए ।

सक्रिय पत्रकारिता गरिरहेका खत्री पत्रकारिता क्षेत्रलाई छाडेर राजनीतिमा होमिएका हुन् ।