काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । एमालेको काठमाडौँमा सपन्न ११औँ महाधिवेशनमा ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै लगातार तेस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार ले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो भने ३६ जनाले मत हालेनन् ।
यसअघि उनी विसं २०७१ मा बुटवलमा भएको नवौँ महाधिवेशनमा पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा चितवनमा भएको दशौँ महाधिवेशनमा भीम रावललाई हराउँदै दोस्रो पटक एमालेको अध्यक्षमा विजयी भएका थिए ।



























































