काठमाडौँ – नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानल नै विजयी भएको छ । भर्खरै प्राप्त अन्तिम मतपरिणाम अनसार ओली पक्षका सबै उम्मेदवारले जित हात पारेका हुन् ।


ADVERTISEMENT


जस अनुसार सबै भन्दा धेरै मत महेश बस्नेतले पाएका छन् । उनले १५४४ मत पाए । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्यालले १५३० मत, तेस्रो स्थानमा छविलाल विश्वकर्माले १५०६ मत, चौथो स्थानमा शेरधन राईले १५०३ मत, प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले ११८१ मत ल्याएर सचिवमा निर्वाचित भएका छन् । यस्तै भानुभक्त ढकाल पनि ११०८ मतसहित सचिवमा विजयी भएका भएका छन् ।

यता ईश्वर पोखरेल प्यानलका गोकुलप्रसाद बाँस्कोटा १०औं स्थानमा छन्। उनले १०३० मत प्राप्त गरेका हुन्। उनी सचिवमा निर्वाचित हुन ७९ मत पुगेन ।

यता अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक निर्वाचित भएका छन् ।