काठमाडौँ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा ९ जनामध्ये ५ जना उम्मेदवार विजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा केपी ओलीप्यानलका पृथ्वीसुब्बा गुरुङ सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका छन् ।


ADVERTISEMENT


उनले १ हजार ७३७ मत प्राप्त गरेका छन् । यस्तै विष्णुप्रसाद पौडेलले १ हजार ६७५ मत, रामबहादुर थापा बादलले १ हजार ५१६ मत प्राप्त गरेका छन् । उनीहरु पनि ओली प्यानलकै उम्मेदार हुन् ।


ADVERTISEMENT

# # #


यस्तै ईश्वर पोखरेल प्यानलका गोकर्णराज विष्टले १ हजार ३६८ ल्याएर विजयी भएका छन् भने ओली प्यानलका रघुजी पन्तले १ हजार २५८ मत ल्याउँदै उपाध्यक्ष पद सुरक्षित गरेका छन् र

यता गुरुप्रसाद बराल १ हजार १३७, बिन्दा पाण्डे ९२१ मत, परशुराममेघी गुरुङ ४६१ मत, अरुण नेपाल ४३९ मत, टंकप्रसाद कार्की ३५८ मत र भीमप्रसाद आचार्य २६५ मत ल्याएर पराजित भएका छन् ।