बिष्णुपुर – बिष्णुपुर गाउँपालिका वडा नं. १ थल्हीमा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेलमा चनौरा युवा क्लब र बरमझिया युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो।


ADVERTISEMENT


रोचक तथा प्रतिस्पर्धात्मक खेलमा चनौरा युवा क्लबले उपाधि जित्न सफल भएको छ भने बरमझिया युवा क्लब उपविजेता बनेको छ।


ADVERTISEMENT

# # #


प्रतियोगिता समापन कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले दुवै टिमका खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले यस्ता प्रतियोगिताले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै स्वस्थ समाज निर्माणमा योगदान पुराउने बताए ।

अध्यक्ष यादवले आगामी दिनमा अझ स्तरीय प्रतियोगिता आयोजना गरी गाउँपालिकामा खेलकुदको विकासलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे।