काठमाडौँ – क्लब चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


मंगलबार काठमाडौँमा सम्पन्न उक्त सम्झौतामा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र के.सी.तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


मिति २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएकोक्लव चौलानी लिमिटेड २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँच तारे होटलको रुपमा आफूलाई स्थापना गर्न लागेको छ ।

क्लव चौलानी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम साधारण शेयर (आईपीओ)को रुपमा सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले लगानी व्यवस्थापन सेवा, डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी निक्षेप सदस्य, सामूहिक लगानी कोषको योजना व्यवस्थापन, धितोपत्र प्रत्याभूति सेवा, बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार र संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सहजिकरण गर्दैै आएको छ ।