काठमाडौँ । कारोबार हुने साताको पार्चौ दिन बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो ।
बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । तर, बिहीबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य घटेर ४ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



























































