काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।
आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए ।
मन्त्री शर्माले आफू मन्त्रीपरिषद्मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर मन्त्री बनेको बताए । उनले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने भए सही तरिकाले सहकार्य गर्ने बताए ।
आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले शपथ लिएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले उनलाइ पराष्ट्रमन्त्रीमा सिफारिस गरेकी थिइन् ।



























































