भक्तपुर – स्वर्गीय बुद्धिकृष्ण लामिछानेको स्मृतिमा चाँगुनारायण नगरपालिकाद्वारा आयोजित सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


चाँगुनारायण नगरपालिका–७ मा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेशका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले कलाकार कुनै व्यक्ति वा समूहको नभई देशकै गहना भएको उल्लेख गरे । उनले विश्वभर कलाकारहरूले आफ्ना गीत–संगीत र कलामार्फत मानिसको मनमा आनन्द दिनुका साथै समाजमा मनोरञ्जन प्रदान गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

मुख्यमन्त्री बानियाँले कलाकारको कुनै जात, धर्म वा सम्प्रदाय नहुने स्पष्ट पार्दै कलाकार देश, समाज र प्रदेशकै साझा सम्पत्ति भएको धारणा व्यक्त गरे । कलाकारलाई सम्मान गर्ने चाँगुनारायण नगरपालिकाको पहलप्रति खुशी व्यक्त गर्दै उनले यस्ता कार्यक्रमले कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

उनले लोकतन्त्र र गणतन्त्रको सुन्दर पक्ष सबैले रमाउन, हाँस्न र आनन्दपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्नु रहेको उल्लेख गरे ।

कार्यक्रममा विभिन्न कलाकारहरूले सांगितिक प्रस्तुति दिएका थिए भने स्व. बुद्धिकृष्ण लामिछानेको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कलाकार, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।