काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थौरै हतियारमात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन् । उनले विभिन्न अवस्थामा आफ्ना असन्तुष्टिहरूलाई ढुङ्गामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको बताए ।


ADVERTISEMENT

# # #


कार्कीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागीताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिए । सभ्य समाज निर्माण गर्न नागरिक, प्रहरी लगाएत सवैबीच सहकार्य हुन जरुरी रहेको उनको भनाई छ ।

जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको हो । स्थानीय लगाएत सरोकारवालाले समिति बनाएर भवन पुनःनिर्माण गरेको थियो ।