काठमाडौं – कारोबार हुने साताको चौथौ दिन बुधवार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ पुगेको चाँदीको मूल्य बुधवार घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि फेरबदल हुँदै आएको छ ।


























































