काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। गत सोमबार मात्र २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको राष्ट्र बैंकले आज फेरि ऋणपत्र जारी गर्न लागेको हो ।


ADVERTISEMENT


आज केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।


ADVERTISEMENT

# # #


बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस १६ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।