प्यूठान–कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानको खलंगाका लागि छुटेको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जनाको सनाखत भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत २५ बर्षिय हरि बहादुर मल्ल र कैलाली चौमालाका २६ बर्षिय चालक बिर बहादुर थारूको सनाखत भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


ना ४ ख १८७६ नम्बरको रात्री बस भालुवाङ–प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं ४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बस काटेर शव निकालिएको छ । दुर्घटनाका बारेमा आइतबार बिहान ३ बजे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको टोली घटनास्थलमा खटिएको छ ।

बस सडकबाट झण्डै दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको बताइएको छ ।