काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङलाई विदाई गरिएको छ ।


ADVERTISEMENT


अष्ट्रेलियाको मेलबर्नमा जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुने अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्न त्यसतर्फ जान लाग्नुभएकी शिभाली गुरुङलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच भाटभटेनी सुपर मार्केट र इन्फिटिनी वेयरले विदाई गरेका हुन् ।


ADVERTISEMENT

# # #


उमेर समूहका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनी ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी समेत बन्न सफल भएकी हुन् ।

विदाई कार्यक्रममा टेनिस खेलाडी शिभाली गुरुङले सवैको साथ र सहयोगका कारण इलिट ट्रफी खेल्ने मौका पाएको भन्दै नेपालको प्रतिनिधित्व गरेर उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् । हाल शिभाली १४ वर्ष मुनिको टेनिस एसियाली वरियतामा तेस्रो स्थानमा छिन् ।