काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसंग बिदाइ भेट गरेका छन् ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको विदाई भेटका क्रममा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिइन् ।


ADVERTISEMENT

# # #


सो क्रममा राजदूत थम्प्सनले आगामी दिनमा दुईदेशबीचको सम्वन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।