लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको विकासमा लागिपरेको बताएका छन् । त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आजदेखि बेँसीसहर नगरपालिका वडा नं ७ सहजीमा आयोजित ३३ औँ त्रिवेणी कपको समापन कार्यक्रममा उनले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


त्यस्तै गण्डकी प्रदेश खेलकुदका लागि राम्रो रहेको र यस्ता खेलकुद आयोजनाले पर्यटन विकासमा सहयोग पुर्‍याउने तथा स्थानीयको आम्दानी बढ्ने उजको भनाइ छ । त्यस्तै लमजुङको सहजी खेलमैदान व्यवस्थित गर्नका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने मुख्यमन्त्री पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री पाण्डेले भने, “पछिल्लो समयमा युवा पुस्ताले सामाजिक सञ्जालदेखि अन्य ठाउँमा मनलाग्दी बोल्दा समाजमा नकारात्मक असर पर्छ, होस पुर्‍याएर मात्र युवाले विषयवस्तु तयार गर्नुपर्छ ।” कार्यक्रममा प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, सविधानसभा सदस्य जमिन्द्रमान घले लगायत सहभागिता रहेको थियो ।