रामेछाप–रामेछापमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थी बगाएको छ भने मन्थली बजारलगायतका स्थानहरु अस्तव्यस्त बनेको छ । मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनीसँगै बगेका ६ जना विद्यार्थीहरुको भने जीवितै उद्धार गरिएको छ ।


ADVERTISEMENT


बेपत्ता फुँयालको अहिले नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।


ADVERTISEMENT

# # #


गएराति १२ बजदेखि शुरु भएको वर्षा अहिलेसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् । पहिरोले केही घर र पसलमासमेत क्षति पुर्‍याएको बताइएको छ । पसलमा हिलो पसेको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु चल्न सकेका छैनन् । बसपार्कमा पार्किङ गरी राखिएका गाडीहरु नै ग्रेगरले फसेका छन् । सवारी नचल्दा सर्वसाधारण यात्रु अन्योलमा परेका छन् ।