काठमाडौं–यसै सिजनमा सर्वाधिक गोलकर्ता बनेका लिभरपुलका मोहम्मद साहलले गोल्डेन बुट पाउने पक्का भएको छ । उनले प्रिमियर लिग इतिहासमै एउटै सिजनमा सबैभन्दा धेरै ४४ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।


ADVERTISEMENT


गएराति ब्राइटनसँगको खेलमा ४–० को जित दिलाउने क्रममा २६ औं मिनेटमा सुरुवाति गोल सालहले नै गरे । यो कीर्तिमानी गोल थियो, जसबाट गोल्डेन बुट उनको खातामा लेखियो । त्यसपछि उनले फुटबल मैदानलाई ढोगेका थिए भने गोल्डेन बुट उचालेर चुमेका थिए ।


ADVERTISEMENT

# # #


सालहले अहिलेसम्म यो सिजनका सबै प्रतियोगितामा गरेर ४४ गोल गरेका छन् । रोमाबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका सालहले प्रिमियर लिगमा ३२ गोल गरेर सन् १९९५–९६ मा ब्ल्याकबर्नका एलन शिएररले बनाएको कीर्तिमान तोडे ।

त्यतिमात्रै होइन उनले क्रिष्टियानो रोनाल्डो, लुइस स्वारेजलाई समेत पछि पारे । रोनाल्डोले सन् २००७–०८ को सिजनमा म्यानचेस्टर युनाइटेडबाट र २०१३–१४ को सिजनमा लुइस स्वारेजले लिभरपुलबाट समान ३१–३१ गोल गरेका थिए ।

सालहको खेललाई फुटबलमा एक प्रकारको जादु नै भन्ने गरिएको छ । सालहले प्रिमियर लिग प्लेअर अफ दि सिजन अवार्ड, पिएफए वर्ष खेलाडी र फुटबल राइटर्स् एसोसिएसनको वर्ष खेलाडी अवार्ड पनि जितिसकेका छन् ।