काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सरकारले गरेको कामप्रति उठाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको सुरक्षा व्यवस्थामाथि सरकारले विश्वास नगर्नु लाजमर्दा भएको बताए ।


ADVERTISEMENT


सरकारले मोदीका लागि गरेको तामझाम प्रति उनले भने ‘हिजो नेपालको निमन्त्रणमा भारतका राष्ट्रपति आउँदा एमाले अध्यक्ष ओलीले भन्नु भएको थियो, भ्रमण ठिक छ । तर यो तामझाम हेर्दा लम्पसारवादी भन्न मन लागेको छ । त्यसै परिभाषा अनुसार अहिले सरकारको यो तामझम हेर्दा मैँले महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’


ADVERTISEMENT

# # #


‘प्रधानमन्त्रीले हिजो जिम्मा लिएर भन्नु भएको छ कि नेपालमा अब भारतले नेपालमा कहिल्यैपनि नाकाबन्दी गर्दैन । हिजो भारतसंग कुराकानी गर्नुपर्छ भन्दा सत्तामा बस्नेहरुले घूँडा टेक्दा घाउ भयो भन्नेहले आज भारतको जिम्मा लिँदैगर्दा घूँडामा भ्वाङ पर्यो कि परेन भनेर सोध्न पाउने कि नपाउने ?’ उनले भने ।

त्यस्तै उनले प्रदेश नं २ का मुख्यमन्त्री राउतको अभिव्यक्ति निन्दनीय रहेको बताए । ‘पाकिस्तानको प्रधानमन्त्री भारतको कुनै प्रदेशमा आउँदा त्यहाँको मुख्यमन्त्रीले यहाँ मुसलमानमाथि विभेद भएको छ भनेर भन्दैनन् । त्यस्तो कुरा कसैले सोच्दा पनि सोच्दैन । त्यसैले यो कृत्य निन्दनीय छ ।’ उनले भने, ‘तर प्रदेश नं २ को मुख्यमन्त्रीलाई तालिम दिने भन्दै गर्दा परराष्ट्रमन्त्रालयले आफ्नो मुख्मन्त्रीलाई चिन्दैन । त्यस कारण आफ्नो जिम्मेवारी पूरा गर्न तालिम परराष्ट्रमन्त्रीलाई दिनुपर्छ भनेर हामीले भन्ने कि नभन्ने ? त्यो तालिम उहाँलाई चाहिएको छ भन्न पाउने कि नपाउने ?’

त्यस्तै उनले विवेकशील साझा पार्टीले मोदीको भ्रमणका विषयमा लेखिएको ब्यानर प्रहरीले जवर्जस्त हटाएको प्रति आपत्ति प्रकट गर्दै भने, ‘हिजो एमालेका विद्यार्थीले भारतीय राजदूतावास अघि आन्दोलन गर्न पाउने, आज कुनै पार्टीले आफ्नो कार्यालयमा ब्यानर राख्न नपाउने ? शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? यसलाई सरकारको चाकडीको रुपमा किन नलिने ?’

यस्तै सांसद थापाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद प्रति औला उठाउँदै भने, ‘चुनावको बेला यो देशमा राष्ट्रवादी म मात्रै हुँ, अरु सबै नेपाल बेच्न उद्धत छन् भनेर अरुलाई कुरीकुरी भन्नेलाई आज हामीले नांगै देख्नु परेको छ ।’ उनले छिमेकीको सम्बन्धको विषयमा एउटा साझा दृष्टिकोण बनाउनुपर्ने बताए ।