काठमाडौँ– नेकपा एमालेका सांसद महेश बस्नेतले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राष्ट्रिय झण्डाबारे एक दिन प्रशिक्षण दिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा जानकी मन्दिरमा नेपालको झण्डा बिगारिएको बारे धारणा राख्दै त्यस्तो बताएका हुन् । उनले भने, ‘मुख्यमन्त्री लालबाबु राउतलाई नेपालको झण्डा बारे एक दिन सरकारले प्रशिक्षण दिनुपर्छ जस्तो लाग्छ । यो निकै गम्भीर कुरा हो’


ADVERTISEMENT

# # #


यसअघि जानकी मन्दिरमा आयोजित सभामा नेपालको झण्डाको आकार फेरिएको भन्दै चौतफी आलोना भइरहेको छ ।