काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गरेका छन् ।


ADVERTISEMENT


केन्द्रीय कार्यालयमा आज पद बहाल गरेपछि उनले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाएका हुन् ।


ADVERTISEMENT

# # #


“यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,” सभापति थापाले उल्लेख गरेका छन् । आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उनले पार्टी एकढिक्का भएर निर्वाचन सहभागी हुन आह्वान समेत गरे । सभापति थापाले छाटो समयमा प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्दा केही त्रुटीहरु भएको भन्दै आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने स्पष्ट पारे । उनले आफूहरु संस्थापक नेताहरुले सिकाएको बाटोबाटै अघि बढेको बताए ।

उनले सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्नेमा नागरिकहरुको जोड रहेको भन्दै देश र राज्यलाई ठिक गतिमा चलाउने उल्लेख गरे । सभापति थापाले अन्य नेताहरुको निर्वाचन क्षेत्रमा भन्दा पनि आ–आफ्नै निर्वाचन क्षेत्रमा परिचालन हुन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।