काठमाडौँ – काठमाडौँस्थित भारतीय राजदूतावासले ७७ औँ गणतन्त्र दिवस मनाएको छ । सोमबार नेपालमा रहेका भारतीय समुदाय र भारतीय नागरिकहरुहरुको सहभागितामा राजदूतावासमा दिवस मनाइएको हो ।


ADVERTISEMENT


कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । तत्पश्चात ७७ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो ।


ADVERTISEMENT

# # #


सो अवसरमा कार्यवाहक राजदूतले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे । उनले ७.२ करोड बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरु हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको एउटा भिडियो प्रस्तुत गरिएको थियो। यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत जीवन्त नृत्य र सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए।