काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय पेरिसडाँडामा ⁠विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरुलाई नेकपामा समायोजन गराउदै प्रचण्डले कम्युनिष्ट एकतामा सामेल नभए पछिसम्म पश्चाताप हुने भन्दै आत्मसमिक्षासहित बृहत एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका हुन् । उनले समाजवादी मोर्चामा हुदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व बैचारिक अन्यौलको भूमरीमा हराएको तर्क गरे ।


ADVERTISEMENT

# # #


कुनै आवेगमा नभइ राष्ट्रको असाधारण परिस्थीतिमा कम्युनिष्ट आन्दोलनका घटकहरुलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरेको भन्दै प्रचण्डले अहिले विप्लवले उक्त मौका गुमाएको धारणा राखे । अझै पनि विप्लवप्रति आफुहरुको कुनै आक्रोश नभएको र आत्मसमिक्षासहित आए स्वागत गर्न तयार रहेको उनको भनाइ छ ।

प्रचण्डले अहिले देश असहज परिस्थीतिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनाम जान सक्ने भएकाले एकतामा जोड दिइएको बताए ।