काठमाडौं – नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो सुरु भएको छ ।


ADVERTISEMENT


स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म चल्नेछ ।


ADVERTISEMENT

# # #


महोत्सवको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी छिन् । सो क्रममा डंगोलले महिला, युवा लगाएतको सशक्तिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने बताइन् ।

आर्थिक रुपमा आत्मनिर्भरका साथै आफुसंग भएका सीपलाई आर्यआर्जनसंग जोड्नका लागि मेला महोत्सव महत्वपूर्ण हुने उनले बताइन । उनले काठमाडौं महानगरले पनि एक वडा एक नमूना उद्यमशील कार्यक्रम आयोजना गरिरहेको र गृहिणीहरुलाई सीप सिकाउने काम भइरहेको जानकारी दिइन ।

महोत्सवमा करिब दुईसय भन्दा बढी व्यावसायिक स्टलहरू रहेका छन् भने घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ तथा व्यवसायिक दृश्यता प्रदान समेत गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।