काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएको हल्ला फैलिएपछि अनुगमन गरेको छ ।


ADVERTISEMENT


विभागले बालाजुस्थित नेपाल ग्यास उद्योग, कलंकीस्थित साइबाबा ग्यास उद्योग, भक्तपुरको महाकाली ग्यास स्टोर्स र ग्यास एण्ड अक्सिजन ट्रेडर्समा अनुगमन गरेको हो ।


ADVERTISEMENT

# # #


अनुमगनपछि विभागले हल्ला फैलाएजस्तो ग्यासको कुनै अभाव नरहेकाले हल्लाका पछि नलाग्ने समेत विभागले आग्रह गरेको छ ।अनुगमनका क्रममा यी उद्योगलाई सामान्य निर्देशन दिइएको जनाएको छ । यस्तै मंगलबार पनि एभरेस्ट ग्यासलगायतका ग्यास उद्योगको अनुगमनका लागि विभागको टोली खटिएको जनाएको छ ।

जाडोमा ग्यासको खपत बढ्ने भएकाले माग बढेको, बजारमा हल्ला भएजस्तो ग्यास अभाव नरहेको साथै चुनावलाई लक्षित गर्दै ग्यास आयातको थप कोटा बढाएको जनाइएको छ ।

यसअघि सोमबार मात्रै नेपाल आयल निगमले समेत बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको भन्दै विज्ञप्ती जारी गरेको थियो ।