काठमाडौं–प्रदेश नम्बर २ का प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज हुन गइरहेको भेटवार्तामा प्रदेश २ का प्रतिनिधिसभा सदस्यहरुले आगामी वजेटमा मधेशलाई प्राथमिकतामा राख्न सुझाव दिने बताइएको छ ।


ADVERTISEMENT

# # #


संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आगामी आर्थिक वर्षका लागि तयार भइरहेको बजेटमा मधेशलाई महत्व दिन आग्रह गर्न ओलीलाई भेट्न लागेको बताए ।

प्रदेश नम्बर दुईमा सबभन्दा बढी जनघनत्व भएपनि अरु प्रदेशको तुलनामा त्यहाँका लागि कम बजेट बिनियोजन गर्न लागिएको आफूहरुले जानकारी पाएकाले त्यसतर्फ पनि ध्यानाकर्षण गराइने उनले बताए ।

प्रदेशको शिक्षा, स्वास्थ्य, कृषिलगायतको विषयलाई प्राथमिकतामा राखेर वजेट निर्माण गर्नुपर्ने आफूहरुको माग रहेको बताउँदै उनले नीजगढ विमानस्थल, हुलाकी सडक, वीरगञ्ज चीनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना लगायतका जो बन्दको अवस्थामा छ त्यस्तालाई सञ्चालन गराउनका लागि पनि बजेट बिनियोजन गर्न लिखित रुपमा माग गर्ने बताए ।

उनीहरुले यसअघि अर्थमन्त्री डा।युवराज खतिवडालाई भेटेका थिए ।