काठमाडौँ – नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसंगै शिष्टाचार भेट गरेकी छन् ।
सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुइपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
राजदूत महामहिम डेल्पिटियाले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन आफुले सक्दो भूमिका खेल्ने बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।



























































