काठमाडौँ – भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्ध नेपालले पाँचौँ सफलता हात पारेको छ । भारतको मुम्बईस्थित वांखेडे स्टेडियममा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेट दिलाएका हुन् ।


ADVERTISEMENT


पाँचौँ विकेटका रुपमा उनले साम करनलाई २ रनमा पेवेलियन फर्काए ।  पाँचौँ विकेट पतन हुँदासम्म इंल्याण्डले १५.३ ओभरमा १२८ रन बनाएको छ ।  जेकोब बेथल ३५ बलमा ५५ रन बनाएर आउट भएका हुन् । यता नेपाललाई शेर मल्लले पहिलो सफलता दिलाएका थिए । उनले आफ्नो पहिलो बलमै फिल साल्टलाई १ रनमा आउट पारे ।


ADVERTISEMENT

# # #


यस्तै नन्दन यादवले जोस बट्लरलाई २६ रनमा आउट पार्दा सन्दीप लामिछानेले टोम बेन्टनलाई आफ्नो पहिलो बलमै एलबीडब्ल्यूको शिकार बनाए । जारी विश्वकपमा नेपालले आफ्नो पहिलो खेल खेलिरहेको छ ।